राजनीति

जोशीको दाहिने हात र खुट्टा चल्यो, तर अझै आँखा खुलेन !

इकागज |
फागुन १६, २०७७ आइतबार १५:२७ बजे

काठमाडौँ : पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ । उनका सहयोगी पुष्कर पाण्डेका आइतबार जोशीको दाहिने हात र खुट्टा चलेको छ । उनको होस खुलेपनि आँखा हेरेका छैनन् ।

आइतबार बिहान जोशीलाई बोलाउँदा हातका आँैलाहरु चलेका थिए । साथै उनले दाहिने खुट्टा समेत चलाएका जोशीका सहयोगी पाण्डेले बताए ।


‘मैले दाई भनेर बोलाउँदा उहाँले हातको औला चलाउनुभयो । हात समातेर बोलाउँदा हात समात्नुभयो । दाहिने खुट्टा पनि चलाउनुभयो’ जोशीका सहयोगी पाण्डेले इकागजसँग भने, ‘बोलाउँदा बोलेपनि अाँखा खुलेको छैन् । डाक्टरले सुधार भइरहेको बताएपनि खतरामुक्त भनिसकेका छैनन् ।’

बुधबार राती जोशीलाई मष्तिष्कघात भएको थियो । उच्च रक्तचापका कारण मष्तिष्कघात भएपछि उनलाई सुरुमा वीर अस्पताल लगिएको थियो । त्यहाँ टाउकोमा रगत जमेको देखिएपछि नर्भिक अस्पतालमा शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालिएको थियो ।

त्यसयता भेन्टिरलेटरमा राखेर उनको उपचार चलिरहेको छ । 


Author

थप समाचार
x