राजनीति

विप्लवसँग छिट्टै वार्ता हुन्‍छ : प्रधानमन्‍त्री ओली

इकागज |
फागुन १६, २०७७ आइतबार १७:२० बजे

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग  छिटै वार्ता गरी समस्‍याको समाधान गर्ने बताएका छन् । झापाको कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने बताएका हुन् । 

उनलेआजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास गर्दै विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए । ओलीले हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने घोषणा पनि गरे । नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।  रासस 



Author

थप समाचार
x