राजनीति

'देव गुरुङलाई हटाइदिएँ, जरुरी परेको दिन उहाँहरुलाई पनि हटाइदिन्छु’

इकागज |
फागुन १७, २०७७ सोमबार १४:५१ बजे

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नेकपाको प्रमुख सचेतकको रुपमा देव गुरुङलाई आफैँले नियुक्ति गरेको गरेको र आफैँले हटाएको बताएका छन् । पोखरामा भएको आफू पक्षको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

‘मुख्यसचेतक बनाएको थिएँ देव प्रसाद गुरुङलाई अस्तिका दिनमा हटाइदिएँ । मैले बनाएको थिएँ हटाइदिएँ,’ उनले भने, ‘जरुरी परेको दिन उहाँहरुलाई पनि हटाइदिन्छु । अहिलेसम्म हटाएको छैन । उहाँहरुको पद केही पनि चलाइदिएको छैन ।’  



Author

थप समाचार
x