राजनीति

स्थानीय निर्वाचनका लागि आयोगले १ करोड ९४ लाख मतपत्र छाप्‍ने

डोल्पामा १६ र काठमाडौँमा ५६ लहरको मतपत्र

इकागज |
चैत २१, २०७८ सोमबार १६:५० बजे

फाइल तस्बिर

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छाप्ने भएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारीका लागि आयोगमा सोमबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सुरु भइसकेको बताए ।

'कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख मतपत्र छपाइ हुन्छ', उनले भने,' सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । सबैभन्दा बढी ५६ लहरको काठमाडौँको हुनेछ ।'



Author

थप समाचार
x