राजनीति

काठमाडौं महानगरकाे ताजा मत परिणाम सार्वजनिक : बालेन झण्डै दाेब्बर मतले अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार ५:५३ बजे

काठमाडाैँ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झन्डै दाेब्बर मतले अगाडि देखिएका छन् । 

स्वतन्त्रबाटउम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका शाहमाथि सहानुभूति नै ओइरियो काठमाडौंबासीको । 


उनले चुनाव चिन्ह लौरो लिएर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् ।

बालेनले चुनाव चिन्ह पाएसँगै सामाजिक सञ्जालमा ट्रोल बन्यो ‘बुढाबुढीलाई टेकाउन मिल्ने–भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।

यो भाइरल पनि बन्यो । र, बालेनलाई युवाहरुले साथ पनि दिए ।

काठमाडौंका मतदाता मात्रै हैन उनको चुनावी प्रचारमा अन्य जिल्लाका समर्थक पनि साथमा रहे ।

उनी इन्जिनियर मात्रै हैनन् । एक सफल गायक पनि हुन् । त्यसैले पनि उनको समर्थनमा कलाकारहरु पनि खुलेरै उत्रिए । काठमाडौंका चोकहरुमा उनका गीत बजाउँदै युवायुवती नाच्दै मतको आव्हान गरिरहेको दृष्य राजधानीवासी धेरैले देखे । 

उसो त, उम्मेदवारी दर्ता गराउने समयमा पनि बालेन क्रेजले छपक्कै छोपेको थियो ।
प्रमुख दलहरुबाट उम्मेदवारी दिएका उम्मेदवारको रौनक र तामझाप त सामान्य नै मानिन्छ । मान्नुपर्छ । 

तर, उनी बल्लतल्ल प्रस्तावक र समर्थक जुटाएर उम्मेदवारी दर्ता गराउन गएका स्वतन्त्र व्यक्ति थिए । उनको साथमा न संगठन थियो । न समर्थक । तर, पनि उनको साथलाई धेरै युवाहरुले हो मा हैसे गरे ।

र, त बालेन्द्र शाह खास बालेन बने । अनि देशभर उनी चिनिए ।

उम्मेदवारी दर्ता गराएपछि धेरैको आँकलन थियो । बालेनले के भोट ल्याउन् र जित्लान् । स्वतन्त्रलाई कसले पो भोट दिन्छ । यस्ता अनुत्तरित प्रश्नहरु धेरैमा कनमा थियो । धेरै चिया पसल अनि मदिरा पसलहरुमा चले, चलाइए ।

तर, पनि उनीमाथि युवाहरुको समर्थन रहिरह्यो ।

चुनावी प्रचार भयो । निर्वाचन सकियो । अहिले मतगणना चलिरहेको छ ।

र, सबैको या भनौ धेरैको सोचाइ विपरीत नै उनै बालेनको मत अचम्मैसँग आइरहेको छ । 

उनले देशकै प्रमुख राजनीतिक दल । जसको संगठन बलियो छ । सरकार छ । उनैलाई मतगणनाको सुरुआतीदेखि नै पछाडि पारिरहेका छन् । उनको अग्रता कायमै छ ।
बालेनसँग नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह, एमालेका केशव स्थापितलगायत बलिया उम्मेदवार चुनावी मैदानमा छन् । सिंह कांग्रेसका प्रभावशाली नेता प्रकाशमानकी श्रीमती मात्रै हैन, एक् सफल नेतृ हुन् । नेपाली कांग्रेसभित्र सिर्जनाको छुट्टै राजनीतिक पहिचान छ ।

उता एमालेका स्थापित राजनीतिका कुशल खेलाडी हुन् । उनले काठमाडौंको मेयर पदमा एक कार्यकाल काम गरेर  अनुभव पनि बटुलिसकेका छन् ।

यीबाहेक अन्य राजनीतिक दल अनि स्वतन्त्रबाट पनि महानगर हाँक्ने सपनाका साथ धेरैले नेतृत्वका लागि चुनावी मैदानमा होमिएका छन् ।

यत्ति भइसक्दा अहिले (यो समाचार तयार पार्दासम्म) उनै बालेन शाह काठमाडौंको मेयर पदमा मतका आधारमा सबैभन्दा अगाडि छन्, जति मत गनिएको छ । अहिले काठमाडौंको वडा नं. १, २, ३, ४ र ३२ को मत गणना जारी छ ।

निर्वाचन कार्यालयले दिएकाे जानकारीअनुसार बिहान ५: २० बजे सार्वजनिक गरेकाे मत परिणाम बालेन झन्डै दाेब्बर मतले अगाडि देखिएका हुन् ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेकाे मत परिणामअनुसार साहले १५ सय ६० मत प्राप्त गरेका छन्।

एमालेका केशव स्थापितले ८ सय ८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ सय २२ मत पाएकी छन् । अहिले‍सम्म ४ हजार ४ सय ५३ मतगणना भएकाे बताइएकाे छ ।

मतगणना जारी रहेकाले कतिबेला कस्कोपल्लाभारी हुन्छ भन्ने अनुमान लगाउन कठिन छ । तर, एक्लो उम्मेदवारी दिएका बालेनले एक दिनसम्म प्रभावशाली पार्टीका प्रभावशाली नेतालाई उछिन्नु ठूलै कुरा हो, अझ पनि देशको राजधानी रहेको काठमाडौं महानगरपालिकामा ।

र, अहिले कतै कतै बहसको विषय बनिरहेको छ– के यसैगरी अग्रता जोगाइराख्लान् बालेनले ?  


Author

थप समाचार
x