कोशी

भारतसँगको सीमा नाका चार दिन बन्द रहने

इकागज |
कात्तिक २८, २०७९ सोमबार १६:५१ बजे

मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चार दिन सीमा नाका बन्द रहने जनाएको छ ।

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमा नाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । 


उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।


Author

थप समाचार
x