कोशी

कोशी प्रदेशमा आन्दोलन : प्रदेश सभा नजिकबाट दुई दर्जन बढी प्रदर्शनकारी पक्राउ

इकागज |
जेठ १४, २०८० आइतबार ११:२३ बजे

विराटनगर । कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा उत्रिएका दुई दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

आइतबार दिउँसो २ बजेदेखि बोलाइएको प्रदेश सभाको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचान पक्षधरहरु बिहानैदेखि जम्मा भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई लगायत रहेका छन् ।


प्रदर्शनकारीहरु विराटनगरको देवकोटा चाेक वरपर होटल तथा पसलहरुमा बसेका थिए । जिल्ला प्रसाशन कार्यालयले प्रदेश सभा वरिपरि देवकोटा चोक आसपासको क्षेत्रसहित विराटनगरका पाँच ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पक्राउ पर्नेहरुमा लिम्बुवान फोर्सका केही युवा कार्यकर्ताहरु पनि रहेका छन् । २०७९ फागुन १७ गते कोशी प्रदेश नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आजदेखि दोश्रो तथा बजेट अधिवेशन हुँदैछ ।


Author

थप समाचार
x