कोशी

कोशीको एमाले सचेतकमा दर्नाल

इकागज |
असोज ८, २०८० सोमबार २२:२ बजे

विराटनगर - मुख्यमन्त्री एवं नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलको सचेतकमा प्रदेश सभा सदस्य कमला दर्नाल नियुक्त गरेका छन् ।

सचेतकको जिम्मेवारीमा रहेकी भोजपुरकी प्रदेश सभा सदस्य सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएपछि तेह्रथुमकी समानुपातिक सभा सदस्य दर्नाललाई सचेतक नियुक्त गरेका हुन् ।


दलका नेता कार्कीले दर्नाललाई सचेतकमा नियुक्त गरेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।


Author

थप समाचार
x