कोशी

कोशी प्रदेशको बजेट अधिवेशन आव्हान

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १४:५१ बजे

विराटनगर - कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आव्हान गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ वैशाख बिहान ११ बजे बस्ने गरि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आव्हान गरेका हुन् ।


Author

थप समाचार
x