कोशी

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक विदा

इकागज |
असोज ११, २०८० बिहीबार २२:० बजे

विराटनगर - प्रदेश सरकारले शुक्रबार उराँव तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

उराँव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले बताए ।


शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले करम धर्म अनुसारको पर्वमा उराँव तथा झाँगडलाई विदा दिइने निर्णय गरिएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास राज्यको सिटी अफ एर्लाइन्टनबीच भगिनी सम्बन्ध कायम गर्नका लागि नेपाल सरकारसँग पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको मन्त्री अधिकारीले बताए । 

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तावमा उक्त शहर र अर्जुनधारा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गराउन संघीय सरकार समक्ष स्वीकृतिका लागि आग्रह गर्ने निर्णय गरेको बताए ।

मन्त्रिपरिषद्ले कोशी प्रदेशमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलले तयार पारेको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय गरेको छ । साथै कृषि आयमा लगाउँदै आएको करलाई प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाको लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सरकारबाट सैद्धान्तिक स्वीकृति लिने निर्णय गरेको मन्त्री अधिकारीले बताए ।


Author

थप समाचार
x