कोशी

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिने, राजीनामाको तयारी

इकागज |
असोज २०, २०८० शनिबार १५:२९ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने तयारी गरेका छन् । उनले आज विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।

मुख्यमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रदेश सभाबाट कार्कीले विश्वासको मत लिने तयारी गरेअनुसार आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो ।


बैठकको समय तोकिएको दुई घण्टा बितिसक्दा पनि बसेको छैन । प्रदेश सभा बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठक सकिएको छ । उक्त बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा राजीनामा दिनु उपयुक्त हुने सुझाव एमालेकै प्रदेश सभा सदस्यहरूले दिएका थिए ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले दलको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामा दिने जानकारी गराएको बताए ।


Author

थप समाचार
x