कोशी

काेशीमा एमालेले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

इकागज |
कात्तिक १, २०८० बुधबार १२:२१ बजे

विराटनगर । नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज बज्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार बैठकले मुख्यमन्त्री कार्कीलाई आज विश्वासको मत दिएपछि मन्त्रिमण्डल विस्तार गर्न र सरकारको न्यूनतम साझा कार्यक्रमका दलको तर्फबाट सुझाव दिन तीन सदस्यीय कार्यदल निर्माण गरेको छ । 


कार्यदलमा कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले पोलिटव्युरो सदस्य तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वर्तमान मन्त्री एवं केन्द्रीय सदस्य राम बहादुर राना र संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी सदस्य रहेको जनाइएको छ ।

कार्यदलले काङ्ग्रेसका ८ सदस्यसहित विद्रोह गरेर एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीसँग सरकारमा एमालेबाट न्यूनतम ५ जना मन्त्री रहने गरी वार्ता गर्ने तयारी गरेको प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।


Author

थप समाचार
x