कोशी

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

पक्षमा ८६, विपक्षमा बस्यो राप्रपा

इकागज |
कात्तिक १, २०८० बुधबार १६:३२ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । कार्कीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८६ मत खसेको हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतको प्रस्तावको विपक्षमा राप्रपाको ६ मत परेको हो ।

सभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत छ भनि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा ९३ सदस्यीय कोशी प्रदेश सभाको उपस्थित सङ्ख्या ९१ रहेको र विश्वासको मतको पक्षमा ८६ मत प्राप्त भएको घोषणा गरिन् ।


प्रस्तावको विपक्षमा राप्रपाका ५ जना प्रदेश सभा सदस्यले मत दिएका छन् ।


Author

थप समाचार
x