कोशी

जनप्रतिनिधिले गरे नगरपालिकामा तालाबन्दी

इकागज |
माघ २१, २०८० आइतबार १५:३२ बजे

जनकपुरधाम - धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा  प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ । 

करार कर्मचारीहरुको नतिजा प्रकाशन नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबिलगायत अन्य सवारी साधनहरू कवारमा परिणत भइरहेको वडा नम्बर ८ वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न् ।


१० वटा  वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरूमा कार्यालय सहयोग नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले भने, ुनगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेन बाध्य भएर तालाबन्दी गरेका छौँ ।ु 

 

 

 

 


Author

थप समाचार
x