कोशी

एमाले ओखलढुंगाका पूर्वअध्यक्ष कटवालले छाडे पार्टी

इकागज |
चैत २९, २०८० बिहीबार १०:५६ बजे

ओखलढुंगा- नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छाडेको घोषणा गरेका हुन् ।

पार्टीबाट राजीनामा दिँदै उनले भनेका छन् 'दसौं जिल्ला अधिवेशनमा जे जस्ता रबैया र गतिबिधिहरू देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड बाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ वर्षको राजनीतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभुति गरेको थिइन्ँ । अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिककर्मीको भविस्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनीतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पठाइ सकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्यसमेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु ।'


बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो । उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।


Author

थप समाचार
x