कोशी

प्रदेश १ का अधिकांश विद्यालयहरूमा पठनपाठन सुरू हुँदै

लीलावल्लभ घिमिरे |
मंसिर १२, २०७७ शुक्रबार १७:४१ बजे

विराटनगर : काभिड–१९ महामारीका कारण लामो समय बन्द रहेका विद्यालयहरू धमाधम खुल्न थालेका छन् । चडपर्व अघिनै प्रदेश १ मा पर्ने हिमाली र पहाडी जिल्लाहरुका अधिकांश विद्यालयहरूमा पठनपाठन सुरु भएका थिए भने चाडपर्व सकिना साथ  तराईका जिल्लाहरुका विद्यालयहरु पनि खुल्ने क्रममा छन् ।

पछिल्लो समय दक्षिणपूर्वी मोरङका ६ वटा स्थानीय तहले विद्यालयको पठनपाठन सुुरु गर्ने निर्णय गरेका छन् । मंसिर १५ गतेबाट विद्यालय संचालन गर्ने विषयमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले विद्यालय खोल्ने निर्णय गरेका हुन् । 


‘अधिकांश विद्यालयहरूले पठनपाठन सुरु थालेका छन्,’ प्रदेश १ को सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका प्रवक्ता कृष्ण पोख्रेलले भने, ‘जारी गरिएको निर्देशिकाको पालना गर्दै विद्यालयहरू सञ्चालनमा आएका हुन् ।’

उनका अनुसार हिमाल र पहाडी क्षेत्रका अधिकांस विद्यालयहरु सुचारु छन् । ‘कक्षा १२ को परीक्षा सञ्चालन भएका कारण केहीमा अहिले रोकिए पनि अधिकांशमा पठनपाठन जारी छ ।’ तराईमा पर्ने सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका विद्यालयहरु समेत खुल्न थालेका छन् ।

हिमाली तथा पहाडी जिल्लाहरुमा असोज महिनादेखि पठनपाठन सुरु गरिएको थियो । विद्यार्थी संख्या तराईको तुलनमा कम भएका कारण सामाजिक दुरी कायम गरेरै भए पनि ति क्षेत्रमा पठनपाठन गर्न सक्ने अवस्था छ भने तराईका जिल्लामा भने चुनौती छ । 

प्रदेश सरकारले स्थानीय तहसँग समन्य गरी विद्यालयमा पठनपाठन सञ्चालन गर्न सकिने भन्दै परिपत्र गरेको थियो । ‘स्थानीय तहसंग समन्य गरेर अधिकांश स्थानमा पठनपाठनको प्रकृया अघि बढेको छ,’ प्रवक्ता पोख्रेलले भने, ‘स्वास्थ्य मापदण्ड पूरा नभ नभएको पाटोको अनुगमन स्थानीय निकायसंगको सहकार्यमा हामी अघि बढाउँछौं ।’

लामो समयसम्म पठनपाठन प्रभावित भएपछि अविभावकहरू प्नि विद्यालय खोल्नु पर्ने पक्षमा देखिएका हुन् । मोरङको रङ्गेली नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने भएका हुन् ।

सबै  विद्यालयले विद्यार्थी–शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने विद्यालयले हरेक साता कक्षाकोठा डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय भएको छ ।

कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म सञ्चालित विद्यालयहरुलाई बिहानी सत्रमा सामाजिक दूरी कायम गरी सञ्चालन गरिने छ ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x