कोशी

हात बाँधेर घाटी रेटिएको अवस्थामा भेटियो शिक्षक श्रेष्ठको शव

लीलावल्लभ घिमिरे |
मंसिर २३, २०७७ मंगलबार १७:२७ बजे

प्रतिकात्मक तस्वीर

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका १ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको शव घाँटी रेटेको अवस्थामा फेला परेको छ । मंगलबार बिहान ७ बजेतिर ४/५ जनाको समूहमा आएको एक टोलीले श्रेष्ठलाई अपहरण गरी लगेका थिए । घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ। 

घटनास्थल पुगेको प्रहरीले उनको हात पछाडि बाँधेर घाटी रेटेर हत्या भएको अवस्थामा शव फेला पारेको हो। यसअघि प्रहरीले शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको बताएको थियो । 


हाल इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट एसपी नेतृत्वमा गएको टोली भने अझै घटनास्थल पुगिसकेको छैन ।

उनकाे हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको आशंंका गरिए पनि प्रहरीले भने अपराधिक समूहको काम भनेको छ । केही दिनअघि प्रहरीले मिक्लाजुङबाट विप्लव समूहका दुईजना नेतालाई पक्राउ गरेको थियो ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x