मधेश

धनुषामा छुरा प्रहारबाट युवक घाइते

इकागज |
चैत ३, २०७९ शुक्रबार २१:१० बजे

फाइल फोटो

जनकपुरधाम - धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा छुरा प्रहारबाट एक युवक घाइते भएको छ । घाइते हुनेमा स्थानीय २५ वर्षीय युवा शंकर महतो रहेको धनुषा प्रहरीले जनाएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।

उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले छुरा प्रहार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जनाएका छन । नियन्त्रणमा रहेकाहरुसँग सोधपुछ सहितको अनुसन्धान भइरहेको उनले बताएका छन् ।



Author

थप समाचार
x