मधेश

सरकार अब धेरै दिन टिक्न सक्दैन : नेता खनाल

इकागज |
भदौ २७, २०८० बुधबार १६:३३ बजे

जनकपुरधाम। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार अब धेरै दिनसम्म टिक्न नसक्ने बताएका छन् । 
जनकपुरधाममा पार्टीको महिला संगठनले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका नेता खनालले बुधबार विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै  यस्ताे बताएका हुन् ।

'सरकारको कामकारवाही ठिक छैन, यस्तै अवस्था रह्यो भने सरकार बढी दिनसम्म टिक्न सक्ने छैन,'  उनले भने, संघीयताका धेरै विषयहरुमा समीक्षा आवश्यक रहेको भन्दै संघीयतामा धेरै कारकहरु विकृतियुक्त र जनतालाई मननपर्ने देखिएकाले त्यसको विषयमा समीक्षा गरि सुधार गर्न आवश्यक छ।'


समाजवादी मोर्चाका कारण सत्तारुढ गठबन्धनका प्रमुख दल कांग्रेस सशंकित रहेको भन्ने जिज्ञासामा पूर्वप्रधामन्त्री समेत रहेका खनालले गठबन्धनलाई मोर्चाबाट होइन सरकारको वर्तमान क्रियाक्लापबाट खतरा रहेको बताए। गौर हत्याकाण्डको सम्पूर्ण मुद्दाहरु खारेज गरिनुपर्छ भन्ने मोर्चाको अवधारणा पत्रमै उल्लेख रहेको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले यस विषयमा समाजवादी मोर्चामा कुनै छलफल भएको छैन, यो सरकारवादी र अदालतको मुद्दा रहेकाले मोर्चाले यसमा केही गर्न नसक्ने बताए ।

साथै उनले संघीयता समेत खारेज हुन सक्ने संकेत गरे । नेता खनालले मुलुकमा अहिले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन हुन नसके खारेज पनि हुन सक्ने बताए । 

संघीयताको भविष्य बारे अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै उनले आम जनता र मुलुकका लागि कसरी फलदायी हुन सक्ने र त्यसतर्फ सरकार र राजनीतिक दलहरुले ध्यान केन्द्रित गरेपछि मात्र संघीयता बचाउन सकिने बताए  ।

सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको गुनासो गर्दै नेता खनालले सरकारले गर्ने राम्रो वा नराम्रो कामले उसको भविष्य निर्धारण गर्ने सुनाए । जनताले सबै कुराको मूल्यांकन गरिरहेको यसको परिणाम आउँदो दिनमा जनताले दिने उनले भनाइ राखे ।


Author

थप समाचार
x