मधेश

बलात्कार आरोपी पक्राउ

इकागज |
माघ २७, २०८० शनिबार ११:११ बजे

सिरहा- सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो। 


जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्रराज पाण्डेले जानकारी दिए । दासले गत मंसिर २८ गते १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

प्रहरीले खोजीकै शिलशिलामा बिहीबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सुनिल कार्कीले जानकारी दिए । पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानको लागि शुक्रबार जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कार्कीले जनाए ।

 


Author

थप समाचार
x