बागमती

अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने

काठमाडौँ महानगरमा असोज १ देखि सार्वजनिक क्षेत्रमा धूम्रपान निषेध

इकागज |
भदौ ३०, २०७९ बिहीबार ८:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूम्रपान निषेध गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको हो ।

सार्वजनिक स्थललाई धूम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ । सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।


सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याइसकेको छ । उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी वरपर चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ ।

ऐन, नियमावली मात्र होइन्, सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ समेत जारी गरिसकेको छ । तर, ऐन, नियमावली र निर्देशिकासमेत जारी भइसकेको अवस्थामा यसको कार्यान्वयन हुन सकेको छैन ।


Author

थप समाचार
x