बागमती

मकवानपुर–२ (ख) कांग्रेसका बानियाँलाई भेट्न एमालेका थापालाई कति सहज, कसको कति मत ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:३४ बजे

फाइल तस्वीर

मकवानपुर– मकवानपुरको प्रदेश सभा २ मा मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । यो जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभामा कांग्रेसका इन्द्बहादुर बानियाँले अग्रता लिइरहेका छन् । हालसम्मको मत परिणााम अनुसार बानियाँले ८१०२ मत ल्याएका छन् । उनलाई एमालेका लालबहादुर थापाले पछयाइरहेका छन् ।लालबहादुरले ७००४ मत ल्याएका छन् ।

राप्रपाका बद्रीबहादुर खड्काले ८८३ मत आउँदा सचेत नेपाली पार्टीका कृष्णप्रसाद आचार्यको मत २०८ रहेको छ । मंगोल नेसनल अर्गनाइजेसनका युनिश मोक्तानले १२७ मत पाएका छन् ।


त्यस्तै बिजुलीको चिम चुनाव चिन्ह पाएका खुशीलाल प्रजाको २९ मत रहँदा जसपाका टुङनाथ तिमिल्सिनाको २६ रहेको छ ।  पानीके धारा चुनाव चिन्हका रामहरि सुवेदीको ९ मत आउँदा स्कुटर चुनाव चिन्हबाट स्वतन्त्रबाट चुनाव उठेकी शान्ति दाहालको ६ मत रहेको छ ।
 


Author

थप समाचार
x