बागमती

मकवानपुरमा 'थाहा फिल्म फेस्टिबल–२०२३' हुने

इकागज |
भदौ ९, २०८० शनिबार १७:३ बजे

मकवानपुर- मकवानपुरकाे थाहा नगरपालिकामा क्रियाशील थाहा कला केन्द्रले 'पर्यटनका लागि फिल्म फेस्टिबल' भन्ने नारासहित 'थाहा फिल्म फेस्टिबल–२०२३' को आयोजना गर्ने भएकाे छ । नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्नका लागि आगामी मंसिर ९ देखि १५ गतेसम्म उक्त फेस्टिबलकाे आयाेजना गर्न लागेकाे हाे ।

महाेत्सव अन्तरगत चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग छायांकनको स्थल विकास तथा प्रचार गर्ने, थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरूको पहिचान गरी फेस्टिबलमा चलचित्रकर्मीहरूबीच प्रचार गर्ने चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो क्षेत्रका दिग्गज कलाकारहरूलाई थाहाको बारेमा जानकारी गराइनेछ ।


यसैगरी कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहा नगरको पर्यटन बढाउने तस्बिरहरू कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ भने चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा ईत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासँग पारस्परिक गराउन प्रयास गर्ने आयाेजकले जनाएकाे छ ।

चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाेको निर्माता, निर्देशक तथा निर्माण समूहसँग विशेष अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिबलको आयोजना हुन लागिरहेकाले फेस्टिबल विशेष आकर्षक हुने आयाेजककाे दाबी छ । फेस्टिबलमा विभिन्न समूहबाट सहभागी भई आएका सामग्रीहरूबाट छानिएका डकुमेन्ट्री, फिचर फिल्म र सर्ट फिल्महरूको प्रदर्शनी हुने बताइएकाे छ । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडी गा.वि.सहरू दामन, पालुंग, बज्रबाराही, चित्लाङ्ग, टिष्टुङ र आग्राको सम्पूर्ण भूभाग मिलेर थाहा नगरपालिका बनेको छ । थाहा नगरपालिका पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । प्राकृतिक एवं भौगोलिक हिसाबले नै आकर्षक र मनमोहक रहेको यस क्षेत्रमा हाल पर्यटन प्रवर्द्धन गर्नका लागि नगरपालिका र विभिन्न निकायहरू विविध तवरबाट लागि परिरहेका छन् ।

यसकाा लागि थाह नगरपालिका र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको प्रत्यक्ष सहभागिता रहेको छ । कला केन्द्रले आयोजना गर्न लागिरहेको फेस्टिबलले थाहा नगरपालिकाको पर्यटन प्रवर्तनमा थप टेवा पुग्नेमा आशा गरिएकाे छ ।


Author

थप समाचार
x