बागमती

ईःलाई बालेनको प्रश्न : के वार्ता हामीले तपाईंहरूको नेतासँग गर्नुपर्ने ?

इकागज |
असोज ८, २०८० सोमबार १२:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता ईः हरूलाई राजनीतिक स्वार्थ जोडिएर वार्तामा बोलाउँदा पनि नआएको दाबी गरेका छन् । केही समयदेखि खुट्टा सुन्निने गरी राष्ट्रिय सभागृह अगाडि उभिरहेका सामाजिक अभियन्ता ईःहरूलाई वार्तामा बोलाउँदा पनि नआएको मेयर शाहले दाबी गरेका हुन् ।

लोकतान्त्रिक  अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने बुझे पनि कुनै राजनीतिक स्वार्थ जोडिएर उनीहरू वार्तामा नआएको बालेनले फेसबुकमा लेखेका छन् ।


'बिगत केही दिनदेखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाहरूको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन' बालेनले फेसबुकमा लेखेका छन् 'लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । 
के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?'


Author

थप समाचार
x