बागमती

चिरान काठसहित ३ जना प्रहरी नियन्त्रणमा

इकागज |
असोज ९, २०८० मंगलबार १९:५१ बजे

फाइल फोटो

मकवानपुर - मकवानपुर प्रहरीले चिरान काठसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । असोज ९ गते दिउँसो ३८।२५ क्यु फिट सालको काठ सहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका १६ शक्तिश्वरबाट चिरानको काठ सहित ५५ वर्षीय बालकृष्ण चौलागाईं, ३८ वर्षीय नेत्र बहादुर मगर, ५३ वर्षीय धन बहादुर पुलामीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।


चौलागाईको घर नजिकै बारीमा काठ काटिरहेको अवस्थामा सालको चिरान काठ र गोलाई काठ २५.२८ क्यु फिट र चौलागाईकै घरबाट १२.९७ क्यु फिट सालको काठसहित चौलागाई, मगर र पुलामीलाई नियन्त्रणमा लिएको भण्डारीले बताए । नियन्त्रणमा लिइएका ३ नै जनालाई आवश्यक अनुसन्धान र कारवाहीको लागि सब डिभिजन बन कार्यालय हर्नामाडी, मकवानपुरमा पठाईएको प्रहरीले बताएको छ ।
 


Author

थप समाचार
x