बागमती

एमाले बागमती अधिवेशन : १ हजार १ सय ३५ मत खस्यो

इकागज |
असोज १२, २०८० शुक्रबार २१:३६ बजे

मकवानपुर- सहमतिमै नेतृत्व छान्न कसरत गरेकाे एमाले बागमतीकाे अधिवेशन अन्ततः निर्वाचनमै गएकाे थियाे । निर्धारित समय भन्दा ढिलाे गरी सुरु भएकाे निर्वाचन शुक्रबार बेलुका सकिएकाे छ ।

एमाले बागमती प्रदेश अधिवेशनकाे लागि भूगोल, जनसंगठन र मनोनीत गरी १ हजार १ सय ७४ प्रतिनिधि चयन भएकाेमा मतदानमा जम्मा १ हजार १ सय ३५ मत खसेकाे छ । मतदानमा ३२ जना अनुपस्थित भएको निर्वाचन कमिटीले जनाएकाे छ । आजै सकिएकाे निर्वाचनकाे नतिजा आजै रातिसम्म आउने बताइएकाे छ ।


बागमती प्रदेश कमिटीको निर्वाचनमा यसअघि १ सय ६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएकाे अधिवेशनकाे पाँचाैं दिन शुक्रबारसम्ममा २ सय ४५ पदमध्ये १ सय ६२ पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवा जिल्लामा सर्वसम्मत हुँदा ९ जिल्लामा आंशिक निर्विरोध भएकाे नेता शेरबहादुर तामाङले बताए । निर्विरोध भएका १ सय ६२ पद मध्ये पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भएकाे हाे । एमाले पार्टी कार्यालय च्यासलमा भएकाे मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग गरिएकाे थियाे ।

बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । ढंगेल र दाहालले अन्य ४ पदाधिकारी पदमा समेत प्यानल बनाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै उपाध्यक्षमा पनि पाँच जनाको उम्मेदवारी परेको थियाे । उपाध्यक्षमा ठकुरी, खतिवडा, लामा, पोखरेल र राजेन्द्र राजथला उम्मेदवारी दिएकाेमा राजथलाले पछि उम्मेदवारी फिर्ता लिएका थिए । यसैगरी सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवार छन् ।

उपसचिवमा १२ जनाको उम्मेदवारी दिएका छन् । खड्कबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उम्मेदवार छन् ।


Author

थप समाचार
x