बागमती

एमाले बागमती अध्यक्षमा ढुङ्गेल विजयी, एक मतले सचिवमा जिते सिलवालले

इकागज |
असोज १३, २०८० शनिबार ८:१ बजे

मकवानपुर । २ दिनको लागि तय भएको नेकपा एमाले बागमती प्रदेशको अधिवेशन पांचौ दिन राति सकिएको छ । अधिवेशनबाट रामेछाप जिल्लाका नेता  कैलाश ढुङ्गेल भारी मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार राति आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिष्पर्धी मकवानपुरका कृष्ण दाहालले ४३९ मत ल्याए।


यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् ।

यस्तै सचिव पदमा नवराज सिलवालले १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डित ५६७ मत ल्याएका हुन् ।

यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।

शुक्रबार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको थियो । ११७२ जना मतदातामध्ये ११२६ जनाले खसेको थियो भने ४१ जना अनुपस्थित भएको थियो ।

ढुंगेलले रामेछापको पार्टी अध्यक्षका रुपमा तीन कार्यकाल काम गरका छन्। प्रतिनिधिसभामा चारपटक टिकट पाएर पराजित भए पनि २०७४ मा प्रदेशसभा जितेर बागमती प्रदेशको अर्थमन्त्री भएका थिए। ढुंगेललाई प्रदेश अध्यक्षका लागि नेता महेश बस्नेत पक्षले साथ दिएको थियोे ।
अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी दर्ता भए पनि अन्य तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुङ्गेलबीच प्रतिष्पर्धा भएको थियो ।


Author

थप समाचार
x