बागमती

बागमती मन्त्रिपरिषद्ले गर्‍याे य‍ी पाँच निर्णय

इकागज |
असोज १५, २०८० सोमबार १८:५ बजे

मकवानपुर- बागमती प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले पाँच निर्णय गरेको छ । असोज १५ गते सोमबारको बैठकले प्रदेशको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने लगायतका ५ निर्णय गरेको हाे ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।


यस्तो छ प्रदेश सरकारको ५ निर्णय:

१. संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने,
२. प्रदेश सुशासन केन्द्र (स्थापना तथा कार्य सन्चालन) आदेश २०७७ संशोधन सम्बन्धमा,
३. प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने,
४. हस्तकला ग्राम स्थापना तथा सन्चालन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्ने,
५. चलचित्र विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।


Author

थप समाचार
x