बागमती

बागमती प्रदेशसभा बैठक यही असोज २१ गते

इकागज |
असोज १८, २०८० बिहीबार १९:१० बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेशसभाको बैठक यही असोज २१ गते दिनको ३ बजे बस्ने गरी बोलाइएको छ ।

उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।


बागमती प्रदेशसभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । 

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् । रासस


Author

थप समाचार
x