बागमती

सवारी दुर्घटना हुँदा एकको मृत्यु

इकागज |
असोज २०, २०८० शनिबार ९:४६ बजे

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका कुन्छालमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

असोज २० गते शनिबार बिहान ४:३० बजे थाहा नगरपालिका वडा नम्बर ११ कुन्छालस्थित त्रिभुवनराजपथ सडक खण्डमा बिरगजं तर्फ बाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडि मोडमा आफै अनियन्त्रित भई सडक बाट ५० मिटर तल खसी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।


दुर्घटनामा कन्टेनर चालक नुवाकोट बेलकोट नगरपालिका ५ बस्ने ४२ वर्षीय दिप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनाको सम्बन्धमा कानुनी प्रकृया पूरा गरेर थप अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटना भएको  कन्टेनर घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x