बागमती

भक्तपुरमा म्हः पूजासँगै खेलियो देउसीभैलो

इकागज |
कात्तिक २५, २०८० शनिबार ८:५८ बजे

भक्तपुर- भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ ।

जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । 


स्कूलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए ।

बालबालिकाहरूलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरूले सहयोग गरेका थिए ।

पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्‍ने, टिका लगाउनेलगायतका कार्यहरू गरेका थिए । विद्यार्थीलाई म्हः पूजाको बारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कूलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए ।

उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूलठूला चाड विद्यार्थीलाई आफै गर्न लगाइ सिकाउने जनाए ।

उता सोही स्कूलका कक्षा ४ का विद्यार्थीले भने देउसीभैलोको आयोजना गरेका थिए । कार्यक्रममा स्कूलका विद्यार्थी सहभागी थिए ।


Author

थप समाचार
x