बागमती

ललितपुरमा आगलागीबाट ७६ वर्ष पूरानो घरमा क्षति, एक घाइते

शुरज थपलिया |
कात्तिक २५, २०८० शनिबार १२:३४ बजे

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका-१ स्थित एक घरमा आगलागी भएको छ । शनिबार बिहान राजेश सिंह थापाको घरमा आगलागी भएको हो ।

७६ वर्षअघि बनेको उक्त घरमा करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परेर भाडामा बस्ने एक जना घाइते भएको घरधनी थापाले बताए ।


घाइतेको किस्ट हस्पिटलमा उपचार भइरहेको उनले बताए । नेपाल प्रहरी, ललितपुर नगर प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा सामान्य क्षति पुगेको राजु सिंह थापाले बताए । 


Author

थप समाचार
x