बागमती

माडीमा सालनालसहित नवजात शिशुको शव फेला

इकागज |
माघ १७, २०८० बुधबार १०:१५ बजे

चितवन- चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।

माडी-७ गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसँगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।


करिब ९ महिना रहेर जन्मेको जस्तो देखिने शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।


Author

थप समाचार
x