बागमती

ओलीले गरे पाँचपोखरी गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन

इकागज |
माघ १७, २०८० बुधबार १६:२ बजे

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । 


उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए ।
 


Author

थप समाचार
x