बागमती

स्कुल बसका चालकलाई पेस्तोल देखाएर दिए धम्की

इकागज |
फागुन १०, २०८० बिहीबार ८:३९ बजे

सांकेतिक तस्बिर

चितवन- चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउँदै धम्की भएको छ ।

भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञात व्याक्तिले पेस्तोल देखाएर धम्की दिएको हो ।


विद्यार्थीलाई घर पुर्‍याउने क्रममा बुधबार अपरान्ह ४:१५ बजेको समयमा भरतपुर महानगरपालिका- ८ सल्यानीमा अज्ञान व्यक्तिले स्कूल बसका चालकलाई पेस्तोल देखाएर धम्की दिएको हो ।

कालो रंगको गाडीमा आएका व्यक्तिले बसका चालकलाई पेस्तोल देखाएको सनराइज स्कूल स्रोतले जानकारी दिएको छ । बसमा केही विद्यार्थीसमेत थिए ।

गाडी फर्काउने क्रममा चालकसँग भनाभन भएपछि कारमा आएका व्यक्तिले स्टेरिङ समातिरहेका चालकलाई पेस्तोल देखाएको विद्यार्थीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र सिसिटिभी फुटेजको सहयोग लिन लागिएको बताए । एक अभिभावकले सामाजिक सञ्‍जालमा यो विषय हालेपछि घटना बाहिर आएको हो । घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् ।


Author

थप समाचार
x