बागमती

अधिवेशनको मुखैमा एमाले सिन्धुपाल्‍चोकका दुई जिल्ला सदस्यले पार्टी छाडे

इकागज |
पुस २३, २०७८ शुक्रबार ७:८ बजे

काठमाडौँ- नेकपा एमाले सिन्धुपाल्‍चोकका जिल्ला कमिटी सदस्य पूर्ण बहादुर तामाङ वाईवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला कमिटी सदस्यमा रेहका साँगाचोकका तामाङले विज्ञप्ति निकाल्दै पार्टी छाडेको घोषणा गरेका हुन् । 

उनले पार्टी भित्र देखापरेको व्यक्तिवादी अहमता, बिकृति, विंसँगती बढ्दै गएको भन्दै पार्टीसँगको आवद्धता साधारण सदस्य समेत नरहने गरी समाप्त भएको उनले घोषणा गरेका छन् ।


त्यस्तै अर्का जिल्ला कमिटी सदस्य विष्णुलाल श्रेष्ठले पनि एमाले छाडेका छन् । श्रेष्ठले आज हुने जिल्‍ला अधिवेशनबारे कुनै जानकारी नदिएपछि गैरजिम्‍मेवार पार्टीमा नबस्‍ने घोषणा गरेका हुन् ।


Author

थप समाचार
x