गण्डकी

एमाले गण्डकी : निर्वाचन प्रक्रिया बुधबारका लागि धकेलियो

इकागज |
असोज १६, २०८० मंगलबार १८:४५ बजे

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटी अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार हुने भनिएको निर्वाचन प्रक्रिया बुधबारका धकेलिएको छ । निर्वाचन मण्डलका अनुसार बिहानसम्मका लागि स्थगित भएको हो । 

बुधबार बिहान ७ बजेबाट अधिवेशनको निर्वाचन प्रक्रिया सुरु एक प्रतिनिधिले बताए । उनका अनुसार सहमतिको बाटो खोजिँदा थप प्रक्रिया लम्बिएको हो । यसअघि उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । तर, क्लस्टरमा कुरा नमिल्दा उक्त समय साँझ ५ बजेका लागि सारिएको थियो । प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लस्टर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको थियो ।


सहमतिको प्रयास गरिए पनि प्रभावशाली नेताहरू निर्वाचन जान तयार छन् तर, आफ्नो मान्छे नछुटुन् भन्ने पक्षमा छन् । यहाँ खासगरी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्ष आफ्नो फेबरको मान्छे नेतृत्वमा राख्न चाहन्छन् ।


Author

थप समाचार
x