लुम्बिनी

सांसदबाट राजीनामा दिएका माओवादीका उम्मेदवारले जिते मेयर

इकागज |
जेठ ४, २०७९ बुधबार १३:४१ बजे

बुटवल- प्रदेश सांसदबाट राजीनामा दिएर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दिपेश थारु निर्वाचित भएका छन् । बर्दियाको राजापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका हुन् । 

नेपाली कांग्रेसका उम्मेदवार दीपकजङ्ग शाहलाई पराजित गर्दै थारु विजयी भए । ९ हजार ८ सय ७ मत प्राप्त गरी थारु विजयी हुँदा कांग्रेसका दीपकजङ्ग शाहले नौ हजार ७ सय ६० मत प्राप्त गरे ।


त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत प्राप्त गरिन् ।


Author

थप समाचार
x