लुम्बिनी

रहेनन् पत्रकार पोखरेल

इकागज |
साउन ३१, २०७९ मंगलबार १०:० बजे

बुटवल- बुटवल ­रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ । ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवासमा निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । पछिल्लो समय सम्पादन सल्लाहकार रहेका पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आएका थिए ।


पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल लेखक तथा साहित्यकारसमेत हुन् । पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


Author

थप समाचार
x