लुम्बिनी

के छ मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता अविश्‍वास प्रस्तावमा ? (पत्रसहित)

बिक्रम खड्का |
बैशाख ६, २०७८ सोमबार १३:५३ बजे

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नेपालको संविधानको धारा ८८ को उपधारा(४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम(१) बमोजिम तीन दलले अविश्वास प्रश्‍ताव दर्ता गरेका हुन् । अविस्वासको प्रस्तावका साथ संवधानको धारा ८८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको नेपाली कांग्रेस लुम्‍बिनी संसदीय दलका नेता फकरुध्दिन खानले जानकारी दिए । अविश्वास प्रस्तावमा ४२ जना सांसदले हस्‍ताक्षर गरेका छन् । 


 ८७ सदस्यीय प्रदेशसभ सदस्य मध्ये माओवादी केन्द्रका २ जना कारबाहीमा परेका छन् । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । ४१ सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरेका हुन् ।  


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x