लुम्बिनी

लुम्बिनी सरकारले बेडका लागि छुट्यायो १ करोड ७५ लाख

बिक्रम खड्का |
बैशाख १३, २०७८ सोमबार १७:६ बजे

बुटवल : कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालमा बेड को ब्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारले बजेटको प्रबन्ध गर्ने भएको छ । बेड को चरम अभाव भएको भन्दै चर्को आलोचना भएपछि सरकारले बजेट रकमान्तर गरेर बेडबिस्तार गर्ने भएको हो । 

लुम्बिनी प्रदेश सरकारले बुटवल, नेपालगञ्ज, दाङ र भैरहवामा अक्सिजन बेडबनाउन कोभिड–१९ अस्पताललाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ । कोभिड–१९ का बिरामीको संख्या बढ्न गई अस्पतालमा बेडअभाव भएपछि प्रदेश सरकारले अक्सिजनसहितको बेडबनाउन पहल गरेको हो ।


सोमबार कोभिड उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निणर्य गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । प्रदेश सरकारले कोभिडको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित विशेष अस्पताललाई गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निणर्य गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार प्रदेस सरकारले बुटवल, दाङ र नेपालगञ्जले ५० लाख रुपैयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने छ । उक्त रकम उपलब्ध गराउने काम सोमबारदेखि नै सम्बन्धित मन्त्रालयले गर्ने केसीले बताए । त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निणर्य गरेको छ ।

अस्पतालमा चाहिने पुर्वाधार र जनशक्ति थप गर्ने विषयमा बेवास्था गरेपछि प्रदेशका सबै अस्पतालमा भएका बेड हरू बिरामीले भरिभराउ भएका छन् । कतिपयले बेडनपाएर अस्पतालको पेटीमा छटपटाइरहेका छन् । कतिपय अस्पतालमा अक्सीजनकोसमेत अभाव रहेको छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x