लुम्बिनी

अर्घाखाँची पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

इकागज |
असार १९, २०८० मंगलबार ११:४० बजे

बुटवल । पहिरोले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हाे ।

बिहान करिब ५ बजेतिर स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरेको वडाअध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए । 'मुचुल्का तयार गर्नका लागि स्वास्थ्य चाैकी लैजाँदै छाैं' उनले इकागजसँग भने,'तर हामीले मृत्यु भएकाे भनेर पुष्टि गर्न मिल्दैन स्वास्थ्य चाैकीले गर्नेछ ।' घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ । घटनाकाे नेपाल प्रहरी,सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले उ‍द्धार गरिरहेका छन् ।


यता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लाभर नै पानी परेकाले सतर्कता अपनाउन आग्रह गरेका छन । उनले जिल्लामा भारी वर्षा भएकाे र केही प्राकृतिक विपत्ति परेमा तत्काल नजिकैको प्रहरी,स्थानीय सरकार र प्रशासन कार्यालयमा खबर गर्न अनुराेध गरेका छन ।


Author

थप समाचार
x