लुम्बिनी

प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

बिक्रम खड्का |
जेठ ५, २०७८ बुधबार १३:१५ बजे

बुटवलः पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । नवलपरासी पश्चिममा भएको तनावमा प्रहरीको गोली लागेर घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको जिल्‍ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले पुष्‍टि गरे । उनकाअनुसार जिल्‍लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल ल्‍याइएको थियो । अस्‍पताल पुर्‍याएलगत्‍तै उनलाई मृत घोषणा गरिएको हो। 


मृतक अविनाश राजभर

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । ५०/६० जनाको समूहमा आएका स्थानीयहरूले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको थियो ।  झडपका क्रममा प्रहरीले गोली चलाएको थियो ।

यो पनि 

भारत जान जबरजस्‍ती गरेपछि पश्‍चिम नवलपरासीमा गोली चल्यो


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x