लुम्बिनी

प्रहरी परिसरमै विशेषज्ञसहितको स्वास्थ्य जाँच

इकागज |
साउन १४, २०८० आइतबार ६:३९ बजे

भैरहवा- जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको स्वास्थ्य जाँच गरिएको छ ।

२४ सैँ घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरु स्वस्थ्य भएमा मात्र आम नागरीकोहरुको सुरक्षामा प्रभावकारी भुमिका रहने भएकोले नियमित चेक जाँचको लागि कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्वास्थ्य परिक्षण गरिएको हो । 


समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । कुनै पनि रोगहरुलाई शुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरै जसो रोगहरुबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परिक्षण गराउने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर विकले बताए । शिविरमा जिल्लामा कार्यरत र नजिकका प्रहरी युनिटबाट प्रहरी कर्मचारी तथा प्रहरीले स्वास्थ्य सेवा लिएको एसपी विकले भने । 

शिविरमा निःशुल्क रगत परिक्षण, जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,  नाक कान घाटी रोग विशेषज्ञ सहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो । 

सधैँ तनावमा खटिने प्रहरीले आफु पनि स्वास्थ्य हुनु पर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परिक्षण आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामु अर्यालले भने । 'यो नियमित परिक्षण जस्तै हो रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधानका लागि सहयोग होस भन्ने हेतुले प्रत्येक २–३ महिनामा हामीले स्वास्थय शिविरहरु आयोजना गरी प्रहरीको स्वास्थ्य परिक्षण गराउदै आएका छाै‌', उनले भने ।

शिविरबाट सेवा लिएका एक प्रहरीले कर्मचारीहरुलाई कार्यालय भित्र सेवा लिदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न नपरेको बताए । आफुमा भएको समस्या वा स्वास्थ्य छु भन्ने ढुक्क हुनका स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकोमा उनीहरुले खुसी व्यक्त गरे, कार्यालयको आयोजनामा यस्ता कार्यक्रमहरु नियमित हुने गरेकोले मनोवल उच्च रहने बताए ।
 


Author

थप समाचार
x