लुम्बिनी

एमाले लुम्बिनी प्रदेश मतदान

सय मत गणनाको प्रारम्भिक नतिजामा अध्यक्षका दुवै उम्मेदवारले पाए समान मत

इकागज |
भदौ १९, २०८० मंगलबार २०:५४ बजे

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वका लागि भएको चुनावको सय मत गणनाको प्रारम्भिक नतिजामा अध्यक्षका दुवै उम्मेदवारले समान ५०–५० मत पाएका छन् । अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले ५० मत पाउँदा अर्का उम्मेदवार हरिप्रसाद रिजालले पनि ५० मत नै पाएका निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

उपाध्यक्षमा 
भाेज प्रसाद श्रेष्ठले ५३ मत, विश्वराज वराल २७, पुजन बिश्वकर्मा १२, शान्तकुमार वलि ५ मत पाएका छन् ।यस्तै सहसचिव पुरुष उपेन्द्र कामि ११, दुर्गा थारु ४४, पुर्ण वहादुर ४४, सह सचिव महिलामा आरति पाैडेल २५, लिला राना ३८, वसन्ति अधिकारीले ३७ मत पाएका छन् । 


साहीक्रममा लेखा अध्यक्षमा दामाेदर ५३, विस्वराज ३७, सचिवमा प्रकाश ज्ञवालीले ४०, वावुराम विश्वकर्माले ४६ मत पाएका छन् । 

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।


Author

थप समाचार
x