लुम्बिनी

बाँकेकाे नेपालगञ्जमा कर्फ्यु आदेश जारी

इकागज |
असोज १६, २०८० मंगलबार १३:१६ बजे

बुटवल । धार्मिक सद्भाव भड्किन थालेपछि बाँकेको नेपालगन्जको अवस्था तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । प्रशासनले हिन्दुहरुलाई र्‍याली निकाल्न दिएपछि तनाव बढेको हो । र्‍यालीमा ढुङ्गा हानेपछि थप तनाव भएको हो । 
त्यसमा झडप हुन सक्ने र सदभाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्‍यालीसमेत निकालिएको थियो ।



Author

थप समाचार
x