लुम्बिनी

दाङमा श्रीमान् झुण्डिएको, श्रीमती बेडमा मृत फेला

इकागज |
असोज २०, २०८० शनिबार १४:९ बजे

सांकेतिक तस्बिर

बुटवल- दाङको तुलसीपुरमा श्रीमान्- श्रीमतीको शव फेला परेको छ । शनिबार विहान तुलसीपुर उपमहानगरपालिका वडा ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशिल भण्डारी र अन्दाजी २१ वर्षीया पवित्रा डाँगी भण्डारीको शव फेला परेको प्रहरीले बताएको छ । सुशिलको शव झुण्डिएको अवस्थामा र पवित्राको शव बेडमा फेला परेको हो ।

पवित्राको टाउकोमा चोट र नाक, मुखबाट रगत निस्किएको प्रहरीले बताएको छ । सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ घर भइ भण्डारी दम्पती करिब डेढ महिना पहिले विवाह गरेर बेलुवामा कोठा भाडामा लिएर मजदुरी काम गर्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।


प्रहरी प्रमेख केसीका  अनुसार श्रीमान्-श्रीमती विगत दुई दिनदेखि कोठा बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले ढोका खोल्दा एक जनाको शव झुण्डिएको अवस्थामा र एक जनाको शव बेडमा फेला पारेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x