लुम्बिनी

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मास्की

इकागज |
कात्तिक १८, २०८० शनिबार २१:४२ बजे

दाङ - लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ । 

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले उनको भ्रमण अवधिभर मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्यालले बताइन् । 


मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३०औँ डिस्ट्रिक्ट’ लगायतका दुई कार्यक्रममा सहभागी हुने अमेरिका जान लागेका हुन् । रासस


Author

थप समाचार
x