लुम्बिनी

भूकम्पमा घाइते भएका ३८ जनाको बाँकेमा उपचार हुँदै

इकागज |
कात्तिक १९, २०८० आइतबार ८:५५ बजे

बुटवल - जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी घाइते भएका ३८ जनाको बाँकेमा उपचार भइरहेको छ । 

भेरी अस्पतालमा मध्यराति  थप ६ जना बिरामी एम्बुलेन्स बाट उपचारको लागि ल्याइएको छ  । जसमध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुमका हुन् । अहिलेसम्म बांके जिल्लामा उपचारका लागि ल्याइएका घाइतेको संख्या ३९ पुगेको हो  । जसमध्ये ३७ जनाको डेडिकेटेड अस्पताल भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जना कोहलपुर मेडीकल कलेजमा उपचाररत छन् ।   बांकी एकको हिजो नै मृत्यु भइसकेको छ । 


कोहलपुर मेडिकल  कलेजमा उपचार भइरहेका एक जना घाइतेलाई पनि आजै डेडिकेटेड अस्पताल भेरी मै ल्याउने  तयारी गरिएको अस्पतालका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपचाररत घाइते मध्ये  पाँच जनाको सफल अपरेशन भइसकेको छ ।  हाल सबै ३८  जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ । अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएका एक जनाको शव आज बिहान नलगाड-१, जाजरकोट पठाउने व्यवस्था मिलाइएको छ ।


Author

थप समाचार
x