लुम्बिनी

राप्ती बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

इकागज |
पुस २८, २०८० शनिबार ६:५० बजे

बाँके- नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनकारी दिए । 

मृत्यु हुनेहरूमा नेपालगञ्जकी ६० वर्षे कुसुम बस्नेत, हेटौंडाका ३९ वर्षे सौरभ विष्ट, ६५ वर्षे तारानाथ पाण्डे, ३१ वर्षे भारतीय नागरिक मुने छन् । अझै ८ मृतकको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए । घाइते २३ जनालाई भालुवाङ र लमही अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।


दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरूलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो । 


Author

थप समाचार
x